मार्मामा एमाले र कांग्रेश परित्याग गरि दुई दर्जन कार्यकर्ता माओबादीमा प्रवेश

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेश पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छन् । माओबादी केन्द्र दार्चुलाका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले नवप्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

मार्मा गाउँपालिका कमिटी संयोजक नरबहादुर बिष्टको अध्यक्षता एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको प्रमुख आतिथ्यता र माओबादीका मार्मा गाउँपालिका कमिटी इन्चार्ज धिरेन्द्रसिह धामीको विशिष्ट आतिथ्यतामा मार्माको केन्द्र लटिनाथमा आयोजित एक कार्यक्रममा २६ जनाले पार्टी प्रवेश गरेको माओबादी केन्द्र मार्मा गाउँपालिका कमिटीले जनाएको छ ।

एमालेबाट जयसिह बिष्टको नेतृत्वमा भिमलाल बिष्ट, शंकरसिह महरा, हरिपालसिह धामी, उत्तम बिष्ट, मन्धिरसिह बिष्ट, करनसिह बिष्ट, अम्बादत्त बिष्ट, गोबिन्द बिष्ट, दिपक बिष्ट, डम्बरसिह धामी, बिके ओड, मदन ओड, उत्तम ओड र कांग्रेशबाट हरिरामसिह बिष्टको नेतृत्वमा तारा बिष्ट, धनबहादुर बिष्ट, अंगत ओड, धनबिर बिष्ट, धिरेन्द्र सिह बिष्ट, पदम बिष्टले माओबादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

भिमलाल बिष्ट तत्कालिन नेकपाका वडा नम्बर ४ का वडाकमिटी अध्यक्ष हुन भने जयसिह बिष्ट तत्कालिन नेकपाका जिल्ला कमिटी सदस्य हुन् । माओबादी केन्द्र प्रवेश गर्नेहरुलाई धन्यबाद व्यक्त गर्दै मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले मार्माबाट माओबादी आन्दोलनलाई नयाँ उचाइका साथ अगाडी बढाइने र एमाले र माओबादीका इमानदार कार्यक्रताहरुका बिचमा कम्युनिष्ट एकता गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।

सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ६ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?