दार्चुला । दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्वको खोप लगाउनेको संख्या झण्डै ६९ हजार पुगेको छ । यहि असोज १० गतेदेखि असोज १४ गतेसम्म मात्रै जिल्लाभरीका ९२ खोप केन्द्रमार्फत २८ हजार ६९५ जनाले कोरोनाविरुद्वको भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक छ ।
खोप अभियान अन्तर्गत पहिलो चरणको खोप लगाउनेको संख्या ६८ हजार ८६५ जना पुगेका छन् भने दोस्रो मात्राको डोज लगाउनेको संख्या ३७ हजार ३७० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर बिरेन्द्र भट्टले जानकारी दिनुभयो । पछिल्ला दिनहरुमा खोप लगाउनेको संख्या बढ्दै गएको उहाँको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया