दार्चुला । दार्चुलामा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । दशैंका लागि नयाँ नोट ल्याउन शुक्रबार लक्ष्मी बैंक लेकम शाखामा पुगेपनि नयाँ नोट नपाएर रित्तोहात फर्किनुपरेको लेकम गाउँपालिका वडा नम्बर २ का नारायण जोशीले जानकारी दिनुभयो । राष्टिय बाणिज्य बैंकमा समेत यो वर्ष प्रयाप्त मात्रामा नयाँ नोट नपुगेको बताइएको छ । जिल्ला सदरमुकाम खलंगामै नयाँ नोट पाउन मुस्कील भइरहेको छ । भने ग्रामीण क्षेत्रहरुका बैंकहरुमा खुद्रा र नयाँ नोटको उपलब्धता नभएको सेवाग्राहीको गुनासो छ ।
नयाँ नोट नपाएर सटही गरिएको पुराना नोटको समेत अभाव भएको छ । दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने मानिसहरुको भावना हुन्छ तर बैंकहरुमै नोट नपाएपनि धेरैको मन खिन्न भएको छ । दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने मानसिकता हटाउन जागरुक हुनुपर्ने देखिएको बैंक कर्मचारीहरु बताउछन् । नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।
दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् । दशैंको समयमा बैंकहरुले नयाँ नोटको व्यवस्था गर्नुपर्ने सेवाग्राहीको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया