दुई छोराको घाँटी कसेर हत्या गरेपछि आमाले गरिन् आत्महत्या

दार्चुला । धनुषामा दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छिन् । धनुषाको नगराईन नगरपालिका–४ स्थित लगमा बस्ने गुरुदेव साहकी पत्नी गुडियादेवी साहले दुई छोराको हत्यापछि आत्महत्या गरेकी हुन् । धनुषा प्रहरीका अनुसार छोराहरु ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी कसेर हत्या गरेपछि आमा गुडियाले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।

गुडियाका श्रीमान् गुरुदेव साह बिहानै मजदुरी गर्नका लागि घरबाट बाहिर निस्केपछि दुई छोरासहित उनले आत्महत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले यस विषयमा थप अनुसन्धान भईरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?