दार्चुलाका गाउँमा दसैँको चहलपहल, सदरमुकाम रित्तिदै

दार्चुला । दसैँ नजिकिँदै गर्दा दार्चुलाका अधिकासं गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम खलंगा लगायत बजार क्षेत्र भने मानिसहरु बाहिरिन थालेपछि सुनसान बन्दै गएको छ । यहाँका जिल्ला सदरमुकाममा अध्ययन गर्ने विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने व्यापारी तथा कतिपय सरकारी कर्मचारी जिल्ला बाहिरिएपछि सदरमुकाम खलंगा सुनसान बन्न थालेको हो ।

रोजगार, अध्ययन र अन्य कामका लागि गाउँबाट बहिरिएकाहरु चाडबाडका लागि अहिले धमाधम गाउँमा फर्किन थालेपछि यहाँका ग्रामीण बस्तीमा भने निकै चहलपहल छाएको लेकमका स्थानीय रामसिह खत्रीले जानकारी दिनुभयो । जिल्लामा कोरोना जोखिमको खासै समस्या नदेखिएपछि अहिले यहाँका गाउँघरमा दसैँका लागि आउने तथा नयाँ लुगा किन्नेहरुको भीड लाग्ने गरेको छ । मन्दिरहरुमा समेत जमरा राखेर भक्तजनहरु नबरात्रा बस्ने र युवाहरु दामाहा बाजा बजाउने, खेल खेल्ने र पारिवारिक काममा व्यस्त भएका छन् । यहाँका गाउँघरमा अहिले सञ्चालन भइरहेका गाडीहरुमा स्थानीयवासीले भरीभराउ हुने गरेका छन् । जिल्लामा कोरोना जोखिमबाट जोगिन स्थानीय प्रशासनले सबैलाई सजग रहन आग्रह गरे पनि नागरिकले प्रशासनको आग्रहलाई पालना गरेको खासै देखिएको छैन।

बजारमा व्यापार गर्नेहरु अधिकासं मान्छे आ–आफ्ना गाउँ फर्किन थालेका छन्, बजारमा व्यापारसमेत घटेको छ। यहाँका बजारमा व्यापार व्यवसाय गर्ने आधाभन्दा बढी ग्रामीण क्षेत्रका विभिन्न गाउँबाट आएका छन् भने कतिपय जिल्लाबाहिरबाट आएर व्यापार–व्यवसाय गरिरहेका छन्। उनीहरूसमेत अधिकांश पसल बन्द गरेर गाउँ फर्केपछि यहाँको बजार अहिले सुनसान हुन थालेको हो ।

चाडपर्वका साथमा जिल्लामा अप्रिय घटना नहोस् भन्दै जिल्लामा शान्तिसुरक्षाको अवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई भने जिल्ला नछाड्न निर्देशन दिएको छ । दशैंको अवसरमा गाउँघरमा विभिन्न सामुहिक क्रियाकलाप तथा खेलकुदको समेत आयोजना गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?