दशैँका लागि सात लाखभन्दा धेरैले काठमाण्डौ छाडे

दार्चुला । दशैँका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाण्डौ उपत्यका छाडेका छन् । यो महिना सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । गएको १ गतेदेखि घटस्थापनाको दिन २१ गतेसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको सङ्ख्या बढेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो ।

गएको ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो । ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाण्डौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । तथ्याङ्कअनुसार यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् । यात्रुको चाप बढेसँगै काठमाण्डौ उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी दुई नाका काठमाण्डौको नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।

यी दुई नाकामा अहिले पनि जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दशैँमा यात्रा गर्ने यात्रुको सहजताका लागि नागढुङ्गादेखि नारायणघाटसम्मको सडक खण्डमा ठूला गाडी चलाउन रोक लगाए पनि यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा पनि जाम हुने गरेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?