दार्चुला । विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाउनुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किसक्नुभएको छ । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उहाँले राजीनामा दिनुभएको हो । विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेको बताइएको छ । हमाल शुक्रबार मात्रै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया