कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न अनेरास्ववियु क्रान्तिकारीको माग

दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमी व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी दार्चुलाले जिल्ला प्रशासन र जनगणनासंग सम्बन्धित अन्य निकायहरुको ध्यानआकर्षण गराएको छ । नेकपा विप्लब निकट अनेरास्ववियु क्रान्तिकारिले राष्ट्रिय जनगणनामा भारतले अतिक्रमण गरेको नेपाली भू–भाग लिपुलेक, नाबिडाङ, तिलसी (कालापानी) गुन्जी, नाबी, कुटी, जोलिङकाङ लिम्पियाधुरा समावेश गरी जनगणना गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता भित्र पर्ने भएकाले यस क्षेत्रको जनगणना अनिवार्य रहेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष भुवन जोशीद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन बुझाउदै अतिक्रमित नेपाली भूमिमा जनगणना गर्न जोडदार रुपमा माग गरेको अध्यक्ष जोशीले बताउनुभयो । सरकारले जनगणना अन्तरगत देशका अधिकासं क्षेत्रमा घर तथा घरपरिवार सूचिकरणको काम सम्पन्न गरिसक्दा समेत अतिक्रमित क्षेत्रमा सूचिकरण र जनगणना गर्न चासो नदेखाएको भन्दै अनेरास्ववियुले आपत्ती जनाएको छ । नेपाल सरकारले राष्ट्रिय जनगणना २०७८ ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ सञ्चालन गरिरहेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?