दार्चुला । दशैँ अवधिभरको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । नेपालबाट यो वर्षको मनसुन बाहिरिसकेको र पानी पार्ने प्रणाली तत्काल नदेखिएकाले आज फूलपातीदेखि टीकाको दिनसम्म पानी पर्ने सम्भावना खासै नभएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिनसम्म मौसम सामान्य मात्रै बद्ली हुनेछ । झरी पर्ने र ठूलो पानी पर्ने सम्भावना छैन।
पानी परिहाले पनि देशको थोरै ठाउँमा फाट्टफुट्ट, क्षणिक रुपमा मात्रै पानी पर्ने सम्भावना छ । दशैँपछि भने भारतमा नयाँ प्रणाली विकसित हुन लागेकाले त्यसको असरले नेपालमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो । यसैबीच आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने सम्भावना छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया