दार्चुलामा यातायात व्यवसायीको मनपरी, दोब्बर भाडा असुल्दै

दार्चुला । चाडपर्वको मौका छोपेर दार्चुलाका विभिन्न सडक खण्डमा चल्ने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । गोकुलेश्वर–लटिनाथ, दार्चुला–दुहुँ, खलंगा–नौगाड, गोकुलेश्वर–रिठाचौपाता लगायत जिल्लाका आधादर्जन खडक खण्डमा दोब्बर÷तेब्बर भाडा असुली भइरहेको यात्रुहरुको गुनासो छ । चाडपर्वका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएको दुहुँका स्थानीय प्रेमबल्लभ जोशीले बताउनुभयो ।

जोशीले भन्नुभयो, दुहुँ क्षेत्रको लास्कु देखि चल्लेगाडा रुटका सबै गाडीहरुले तेब्बर भाडा असुली रहेका छन् । केहि दिन पहिलेसम्म तीन सय भाडा रहेकोमा अहिले एक हजारसम्म भाडा माग्ने गरेको उहाँले बताउनुभयो । एक पटकमा पाँच हजार असुली नहुदासम्म यातायात व्यवसायीले गाडी नै नचलाउने गरेको उहाँको भनाई छ । स्थानीय प्रहरी प्रशासन र सडक कार्यालयको चरम लापरवाहीका कारण गरीब जनताले गाडी चढ्न नपाएको स्थानीयको गुनासो छ । चाडपर्वको बेला अधिकासं सवारीसाधन चेकजाँच गरिएको छैन् । ग्रामीण क्षेत्रमा चल्ने साना जिप र बोलेरो लगायत सवारीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन् । व्यवसायीले दोब्बर भाडा मागेर आफूहरूलाई टिकटसमेत नदिएको यात्रु मुकेश धामीले बताउनुभयो ।

दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ । तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेको गुनासो बढ्दो छ । रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको नौगाडका स्थानीय प्रकाश ठगुन्नाले बताउनुभयो । दसैंमा बजार क्षेत्रमा रोजगारी, व्यवसाय, काम र पढाइले बसेका मानिसहरु घर फर्किएपछि बजार सुनसान बनेका छन् । गाउँ फर्किने मानिस र सवारीको चाप बढेको छ । सीट क्षमताभन्दा बढी यात्रु हाल्दा दुर्घटनाको जोखीम बढेको छ । रुट परमिट नभएका जोखिमपूर्ण सडकहरुमा समेत निर्वाध रुपमा सवारी साधानहरु सञ्चालन गरिएका छन् । सडक सुधार नहुदा दुर्घटनाको निकै जोखिम रहेको चालकहरु बताउछन् ।

प्रहरीले भने बढी भाडा असुलेको गुनासो कतैबाट नआएको र गुनासो आएमा कारवाही गरिने बताउनुभयो । चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत यात्रुहरुको सहजताका लागि महाकाली लोकमार्गको विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेर समेत प्रहरीले निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक माधव विश्वकर्माको भनाई छ ।

हेर्नुहोस दार्चुलाका रुट परमिट भएका सडकहरुको भाडादर

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?