ढुक्क भएर दसैं मान्न प्रहरीको आग्रह, ३२४ प्रहरी परिचालय

दार्चुला । दार्चुलामा प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वका बेला हुन सक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएर लागू गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले ढुक्क भएर दशैं मनाउन सबैलाई आग्रह गरेको छ । दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी, लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागू गरिएको बताइएको छ ।

जिल्लाभरीका सबै युनिटहरुबाट ३२४ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले १० वटा मोटरसाइकलमा नियमित प्रहरीको छड्के जाँच, ३ वटा भ्यानमा प्रहरीको विशेष सुरक्षाकर्मी परिचालन हुनेछन् । ठाउँ ठाउँमा ट्राफिक प्रहरीसहितको चेकजाँचको प्रबन्ध मिलाइएको छ । भारतसँग सीमा जोडिएको तिग्रम, खलंगा, दत्तु, जोलजीवि र लालीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

आज बडादशैंको रौनकता
आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको जनाएको छ ।

यद्यपि आज दिनभर नै टीका ग्रहण गर्न मिल्ने समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । आज मान्यजन, अग्रज र आफूभन्दा ठूला व्यक्तिबाट दुर्गा भवानीको प्रसादको रुपमा टीका र जमरा लगाउने र आशीर्वाद लिने चलन छ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजय प्राप्तीको प्रतीकका रुपमा मनाइने विजयादशमी दशैँको महत्त्वपूर्ण दिन हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले विजया दशमीको अवसरमा देशविदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको हो। उहाँले कोरोना महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैँ पर्व मनाउनका लागि पनि सबैमा आग्रह पनि गर्नुभएको छ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?