महाकाली किनारमा भारतीय पुरुषको शव फेला

दार्चुला । बैतडीमा भारतीय पुरुष मृत फेला परेका छन्। पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला बैतडीमा मृत फेला परेका हुन्। उनी भारतको हंसेस्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएको बताइएको छ। उनको शव शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनी स्थीत महाकालि नदि किनारमा भेटिएको थियो।

मृत फेला परेका ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ। भारतीय सुरक्षाकर्मीसँग समन्वय गरि मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि शव भारत पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताउनुभयो। शवको पोष्टमार्टम समेत भारतमै गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?