दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर १ पिपलचौरीका ३० वर्षीय तेज बहादुर बमलाई विदेशी मुद्रा सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट रातीको गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रवार राती महाकाली नगरपालिका–४ बांगाबगडबाट बमलाई अवैध विदेशी मुद्रा र अन्य नगद सहित पक्राउ गरेको हो ।
प्रहरीले बमको साथबाट मलेसियन रिङ्गीट २ थान, चीनियाँ युआन १ थान, इरानी दिनार एक हजारको १ थान, भारतीय ५ सय रुपैयाँका ९६ थान, २ सयको १ थान, १ सयको १७ थान र नेपाली रुपैयाँ १ हजारको १ सय ६७ थान, ५ सयको १ सय ५९ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पक्राउ परेका बमलाई आवश्यक अनुसन्धान तथा विदेशी मुद्रा अपचलन कसुरमा कार्वाही गर्नका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया