सतर्कता अपनाउन दार्चुलाबासीमा प्रशासनको आग्रह

दार्चुला । महाकाली नदी तटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा भोलि ठूलो वर्षाको सम्भावना छ । भारतको आन्द्र प्रदेश तथा ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले केही दिनसम्म नै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा मेघगर्जन र चट्याङसहितको ठूलो वर्षा हुने सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाको प्रकाशित मौसम पुर्वानुमान बुलेटिनको आधारमा दार्चुलाको महाकाली नदी तटिय क्षेत्रमा पानीको सतह बढ्न गइ बाढी आउन सक्ने भएकोले सार्वजनिक सुचनामार्फत जिल्ला प्रशासन कार्यालय दार्चुलाले सतर्कता अपनाउन अनुरोध गरेको हो । जिल्ला भित्रका अन्य क्षेत्रहरुमा समेत भारी बर्षा भइ पहिरो जान सक्ने सम्भावना भएको हुँदा सम्पूर्ण जिल्लावासी सरोकारवालाहरुमा आवश्यक सुरक्षा सतर्कता अपनाउनुहुन सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।

मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको बेला खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आज काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश, प्रदेश १ र २ मा हल्कादेखि मध्यम वर्षा भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि देशैभर पानी पर्ने अनुमान छ । अहिले देशका धेरै ठाउँमा धान पाकेकोले किसान बाली भित्र्याउन व्यस्त छन् । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न मौसमविद्को सुझाव छ ।

यस्तै, हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । आज भन्दा भोलि हिमाली जिल्लामा हिमपातको सम्भावना धेरै रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?