दार्चुलामा आइतबारदेखि निरन्तर बर्षा हुँदै, मेघगर्जन, चट्याङ, हावाहुरी र हिमपातको सम्भावना

दार्चुला । दार्चुलामा आइतबार बेलुकीदेखि निरन्तर बर्षा भइरहेको छ । बर्षासंगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भापना समेत रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बाढी र पहिरोको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले महाकाली नदी तटीय क्षेत्रमा पानीको सतह बढ्न गई बाढी आउन सक्ने जनाएकाले प्रशासनले सतर्क रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिमा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको समेत सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचना जारी गरेको छ। मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको बेला खेतबारीमा काम गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । हिमाली जिल्लामा पनि वर्षासहित हिमपातको सम्भावना छ । 

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?