दार्चुला । दशैंको अवधिमा मात्र देशभर भएको दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । असोज २१ गतेदेखि भएका दुर्घटनामा मृत्यु हुनेको संख्या ७० जना पुगेको हो । प्रहरीको तथ्याङक अनुसार सुदूरपश्चिम प्रदेश अन्र्तगतका जिल्लाहरुमा असोज २१ देखि २९ गतेसम्म भएको १५ वटा सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने २३ गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बारामा तीन जना, बर्दियामा एक जना, सप्तरीमा दुई जना, रौतहटमा एक जना, झापामा एक जना, संखुवासभामा तीन जना, इलाममा १ जना, कास्कीमा नौ जना, मुगुमा ३२ जना, सुर्खेतमा दुई जना, कैलालीमा दुई जना, धनुषामा दुई जना, मकवानपुरमा दुई जना, बाँकेमा एक जना रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो महिना देशभर साउनमा ८०९ दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने ६४२ जना घाइते भएका थिए । यता भदौमा ८४६ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ६६८ जना घाइते भएको प्रहरीको तथ्याङक छ ।
नेपाल प्रहरीको तथ्याङक अनुसार हालसम्म ३० वर्षमा आर्थिक वर्ष २०७६/७७ मा सबै भन्दा धेरै १० हजार ३० वटा दुर्घटना भएको थियो भने त्यस पछि आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ५४५ वटा दुर्घटना भएको थियो । प्रहरीले आर्थिक वर्ष २०४९/५० देखि नियमित रुपमा दुर्घटनाको तथ्याङकलाई अध्यावधिक गर्दै आएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया