बाढीपहिरोको क्षति निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदै

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (आज) सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा आउनलाग्नुभएको छ । बाढी पहिरोले सुदूरपश्चिममा गरेको क्षति निरीक्षणका लागि प्रधानमन्त्री आउनलाग्नुभएको हो । प्रधानमन्त्री देउवासंगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि सुदूरपश्चिम आउने बताइएको छ ।

प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन्। कांग्रेस नेता एनपी साउद र रमेश लेखकसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम निरीक्षणका लागि आउने इच्छा देखाउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?