चार दिनदेखि दार्चुलासहित सुदूरपहाड अन्धकारमा

दार्चुला । आइतबारदेखिको भारी बर्षाका कारण सोमबारदेखि दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युतसेवा अवरुद्ध हुँदा अन्धकार भएको छ । बिजुली लाइन र सञ्चार सेवा बन्द भएसँगै दार्चुला जिल्ला अन्धकार भएको हो । बिजुली नभएपछि सोमवारदेखि मोबाइल सेवासमेत बन्द भएको छ । बुधबारदेखि फोनलाइनले काम चलाउ रुपमा काम गरेपनि विद्युत र इन्टरनेट सेवा पूर्ण रुपमा अवरुद्ध छ । मोबाइल डाटाले समेत राम्रोसंग काम गरिरहेको छैन् ।

ल्यान्ड लाइन सेवा, इन्टरनेट सेवा, मोबाइल सेवामा अवरोध भएको छ । साथै बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमसमेत प्रसारणमा समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै सरकारी कार्यालय तथा सङ्घ–संस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलवार र बुधवार इन्टरनेट बन्द भएपछि वित्तीय कारोबार साथै बैंकिङ कारोबारमासमेत समस्या भएको छ ।

सोमबार रातीबाट दार्चुलाको सञ्चार र विद्युत सेवा अवरुद्ध बनेको हो । फोन लाइनले काम चलाउ रुपमा काम गर्न थालेपनि इन्टरनेट र विद्युत सेवा पुर्ण रुपमा अवरुद्ध रहेको छ । सञ्चार र विद्युत सेवा अवरुद्ध बनेसंगै सेवाग्राही समस्यामा परेका छन् । रेडियो लिकं सिस्टमबाट बैकल्पीक रुपमा फोन सेवा सुचारु गरिएको नेपाल टेलिकमले जनाएको छ । विद्युत अभावमा जिल्लाको सबै भुभाग अन्धकारमा छ । सञ्चारले प्रभावकारी रुपमा काम नगर्दा समाचार संकलनमा समेत समस्या भएको छ । विद्युत अभावमा स्थानीयको दैनिकी प्रभावित भएको लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय प्रेम बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?