दार्चुलामा सडक भासियो, महाकाली र भीमदत्त राजमार्ग अवरुद्ध

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडीमा महाकाली लोकमार्ग अवरुद्द भएको छ । आइतवार देखिको वर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर खलंगा सडकको महाकाली नगरपालिका ५ किम्तडिमा सडक भासिएर सडक अवरुद्द भएको हो ।

सडक अवरुद्द भएपछि यात्रु र यातायातका साधनहरु समस्यामा परेका छन । अहिले यातायातका साधनहरुले खलंगा देखि किम्तडी र किम्तडिबाट पल्टी गरेर छोटो तथा लामो दुरीको यात्रा गरिरहेका छन । सडक मर्मतको लागि केही समय लाग्ने बताइएको छ ।

No description available.

यसैबिच सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। सडक खण्ड अन्तरगत डोटीको गैरामा पहिरो खसेका कारण अवरुद्ध भएको सडक सुचारु हुन नसकेको हो। सात पहाडी जिल्ला जोड्ने भीमदत्तको विभिन्न स्थानमा पहिरो खसेको थियो।

अन्य स्थानमा सवारी आवातजावत गर्न सकिने भएपनि गैरामा भने सडक अवरुद्ध भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले बाटो खुलाउने प्रयास भइरहेको छ। प्रदेशका अन्य राजमार्गहरु पहिरोको कारण अवरुद्ध भएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?