दार्चुलामा चार दिनपछि सञ्चार र विद्युत सेवा सूचारु

दार्चुला । दार्चुलामा सोमबारदेखि अवरुद्ध सञ्चार र विद्युत सेवा विहिबार दिउँसोपछि सूचारु भएको छ । आइतबारदेखिको भारी बर्षाका कारण चार दिनसम्म दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत सेवा अवरुद्ध हुँदा अन्धकार भएको थियो । टेलिफोन, इन्टरनेट र बिजुली नभएपछि सोमवारदेखि सेवाग्राहीले सास्ती भोग्नुपरेको थियो ।

बिजुली नहुँदा स्थानीय सञ्चार माध्यमहरुको प्रकाशन तथा प्रसारण सेवा समेत बन्द भएको थियो । विद्युत र सञ्चार नहुदा सेवाग्राहीको दैनिकी प्रभावित हुनुका साथै सरकारी कार्यालय र संघ संस्थाको कार्यसम्पादनमा समस्या हुने गरेको छ । इन्टरनेट बन्द भएपछि तीन दिनसम्म वित्तीय तथा बैंकिङ कारोबार समेत ठप्प भएको थियो । इन्टरनेट नहुदा बैंकबाट रित्तो हात फर्किनुपरेको सेवाग्राहीले गुनासो गरेका छन् ।

विद्युत अभावमा फ्रिज नचलेर स्वास्थ्यसंस्थाहरुमा मौजाद रहेका कोरोनाभाइरसविरुद्धका खोपहरु समेत बिग्रिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । सञ्चार र विद्युत नहुदा बिजुली बाल्नदेखि खाना पकाउन, मोबाइल चार्ज गर्न विद्युतिय उपकरण सञ्चारलन गर्न र अत्यावश्यक कामको बेला तथा विपद्को समयमा समेत आफन्तहरुसंग कुराकानी गर्न नपाएको दार्चुलावासीको गुनासो छ । दार्चुलामा पटकपटक सञ्चार र विद्युत सेवा अवरुद्ध हुदा सेवाग्राही आजित बनेका छन् ।

अझैपनि गोकुलेश्वर रिठाचौपाता मार्मा लगायत क्षेत्रमा बिजुली सुचारु भएपनि दार्चुला सदरमुकाम खलंगा र दुहुँ, व्यास क्षेत्रमा अझै विद्युत सुचारु नभएको बताइएको छ । लाइन मर्मतका लागि प्राविधिकहरु फिल्डमा खटिएकोले जतिसक्दो चाँडो विद्युत सुचारु गर्ने प्रयास भइरहेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?