दार्चुला। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले कम्युनिष्टले नेपाली जनताले दिएको जनमतको कदर गर्न नसक्दा कांग्रेस सरकारमा आएको बताउनुभएको छ । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका बडूले नेपाली कांग्रेस दार्चुलाले विहीबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको संविधान नै खतरामा पर्ने भएपछि कांग्रेस सत्तामा गएको बताउनुभएको छ ।
वर्तमान सरकार विशेष परिस्थितिमा बनेको उल्लेख गर्दै उहाँले विकास निर्माण देखी लिएर निर्वाचन गराउने र जनताका अपेक्षालाई सम्बोधन गर्ने सम्मका महत्वपुर्ण जिम्मेवारी सरकारको काँधमा रहेको बताउनुभयो । मुलुकमा स्थायी शान्ति भयो भने मात्रै विकास निर्माणले फड्को मार्ने उहाँको भनाई छ । जनताले कम्युनिष्टहरुलाई पाँच वर्षसम्म मुलुक संचालन गर्ने जिम्मा दिएको तर उनिहरु आपसमै लडेर जनादेशको अपमान गरेपछि प्रतिपक्षको भुमिकामा बसेको कांग्रेस जनादेशको सम्मान गर्दै सत्तामा आएको बडूले बताउनुभयो ।
नेपाली जनताले कांग्रेस नेतृत्वको सरकारबाट मात्रै विकास र समृद्धिको आशा गरेको भन्दै आगामी चुनावपछि नेपाली कांग्रेस पहिलो पार्टी भएर सरकारको नेतृत्व गर्ने निश्चित भएको मन्त्री बडुले ठोकुवा समेत गर्नुभयो ।
मन्त्री बडूले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दार्चुला जिल्लाको नेतृत्व सर्वसम्मत चयन गरिनु पर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेस संधै एक ढिक्का भएर जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्ने बताउनुभयो । बर्तमान सरकार गठन भएको १०० दिन पुरा भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया