दार्चुलाको हिमाली क्षेत्रमा कार्तिकमै भारी हिमपात

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा कार्तिक पहिलो साता नै भारी हिमपात भएको छ । लेकाली क्षेत्रमा हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । अपिहिमाल र व्यास गाउँपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिमपातले हिमाल र उच्च पहाडी डाडाकाडा ढाकीएका छन् । विहिबार घाम परेपछि हिमालहरु टल्किएकोमा शुक्रबार फेरी कुहिरो लागेको छ ।

व्यास गाउँपालिका वडा नम्बर १ को तिकंर गाउँसहित लेकाली भेगमा सोमबार विहानदेखी बोक्लो हिमपात भएर गाउँसम्म हिउँ जमेकोे प्रहरीले जनाएको छ । ढिलो हिमपात हुने गरेकोले मंसीर पहिलो साता कुञ्चा सर्ने व्यासी समुदाय यो बर्ष छिट्टै कुञ्चा सर्ने तयारीमा छन् । व्यास गाउँपालिका वडा नम्बर १ का व्यासी सौँका समुदाय छ महिना गाउँमा र छ महिना चिसो छल्न सदरमुकाम खलंगामा बसोबास गर्दै आएका छन् । भारी हिमपात भएपछि तिकंरको जनजीवन कष्टकर बनेको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?