शैल्यशिखरमा मेयरले अन्याय गरेको भन्दै कानुन मन्त्री बडूलाई न्यायको मागसहित ज्ञापनपत्र पेस

दार्चुला । शैल्यशिखर नगरपालिकामा मेयरले अन्याय गरेको भन्दै कानुनी मन्त्री दिलेन्द्रप्रसाद बडूलाई स्थानीयले ज्ञापनपत्र पेस गरेका छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर–८ (साविक बोहरीगाउँ गाबिसको वडा नम्बर–२) मा बस्ने जनताहरुले आधारभुत स्वास्थ्य सेवा लिनका लागि १ घण्टाको पैदल दुरी हिड्नुपर्ने बाध्यता रिम्बाटा नगर स्वास्थ्य ईकाईको भवन बनेको ४ बर्ष र त्यसका लागि कर्मचारी नियुक्त गरिएको २ बर्ष हुँदा पनि हट्न नसकेको भन्दै ज्ञापनपत्र मार्फत समस्या समाधानका लागि अनुरोध गरिएको छ ।

कोरोनाको दोस्रो कहरले जताततै आक्रान्त बनेका बेला गत वैशाखमा गाउँभरी ज्वरो फैलियो, १ घण्टा पैदल हिडेर औंषधी ल्याएर खुवाउने मान्छेसम्म गाउँमा भएन, स्थानीय तोयराज जोशीले भन्नुभयो, कोरोनाले गाउँ नै सखाफ पार्ने भयो भनी हामी आत्तियौं । गाउँ भित्र र बाहिर रहेका युवाहरूले गाउँमा ४ बर्ष पहिले भवन बनेको र २ बर्ष पहिले नै कर्मचारी नियुक्ति भैसकेको स्वास्थ्य ईकाई सञ्चालन गर्न नगरपालिकालाई दवाव दिनका लागि एउटा दवाव समूह गठन गरे, सो दवाव समुहको अगुवाइमा नगरपालिकाका मेयर (नगरप्रमुख) अमरसिंह धामीलाई मिति २०७८ जेठ २९ गते स्वास्थ्य ईकाई संचालन गरिदिन आग्रह सहित अनलाइन बैठक सम्पन्न भयो । मेयरले आफू अहिले कंचनपुरमा रहेको र यहाँबाट फर्केर एक हप्तामै स्वास्थ्य ईकाई संचालनमा ल्याउँछु भनेर आश्वासन दिनुभयो तर आश्वासन अहिलेसम्म पुरा नहुदा समस्या कायमै छ ।

ज्ञापनमा भनिएको छ, एक हप्ता बित्यो हामीले फेरि सम्पर्क गर्यौं, असार मसान्त आउँदै छ यसपछी श्रावण १ गते गतेदेखि स्वास्थ्य ईकाई उद्घाटन गर्छु भन्नुभयो, श्रावण ३ मा सम्पर्क गर्यौं केही दिन कुर्नुस म जसरी नि गराउँछु भन्नुभयो, हामी श्रावण महिनाभरी कुर्यौं, भदौ महिनाभरी कुर्यौं, असोज महिनाभरी कुर्यौं, बेला बेलामा फोन गरिरह्यौं तर उहाँले कुनै जवाफ दिनुभएन, हाम्रो फोन उठ्नै छोड्यो, सुरुमा आश्वासन त्यस पछि फोन फरवार्ड हुन थाल्यो । नगरपालिकाको जिम्मेवार अविभावकको यस्तो व्यवहारले हामी आजित भएका छौँ, स्थानीयले ज्ञापनमा उल्लेख गरेका छन् ।

आधारभुत स्वास्थ्य सेवा सहजै पाउने हाम्रो अधिकारलाई वडा नम्बर–८ का वडाध्यक्ष अजब सिंह बिष्ट र नगरप्रमुख अमर सिंह धामीको व्यक्तिगत तथा राजनीतिक ईगोका कारण कुण्ठित गर्न पाईन्छ त ? कि हामीलाई स्थानीय सरकारबाट प्राप्त हुने सेवा सुविधा लिने अधिकार नै छैन ? स्वास्थ्य जस्तो संवेदनशील विषयमा राजनीति गर्न नहुने हो तर हामीमाथी यो भैरहेको छ, हामी यसका भुक्तभोगी हौं । हामीले तत्काल प्राथमिक उपचार नपाएर ज्यान गुमाउन पर्यो भने त्यसको जिम्मेवार को हुने ? मन्त्री बडूलाई स्वास्थ्य ईकाईका उपभोक्ताहरुको तर्फबाट बुझाइएको ज्ञापनमा भनिएको छ, कृपया मन्त्री ज्यु, हजुरको पार्टीको जिम्मेवार नेता समेत रहनुभएका शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामी ज्युले हामी प्रती गर्नुभएको अन्याय अब सहन सक्दैनौं, कृपया मन्त्रीज्यु न्याय दिलाईदिनुस् । ज्ञापनपत्र रिम्बाटा स्वास्थ्य ईकाईका सम्पूर्ण उपभोक्ताहरुको तर्फबाट बुझाइएको स्थानीय तोयराज जोशीले बताउनुभयो ।

पढ्नुहोस उपभोक्ताहरुले बुझाएको ज्ञापनपत्र

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?