दार्चुला । नेकपा एमालेले आज देशभर वडा अधिवेशन शुरु गर्दैछ । देशभरका करिब ६ हजार सात सय ४३ वडाहरुमा एकैपटक पहिलो अधिवेशन हुन लागेको हो । यद्धपी दार्चुला जिल्लामा अधिकासं वडामा आज अधिवेसन उद्धघाटन भएपनि केहि वडाहरुले भोली पर्सीका दिनमा अधिवेसन आयोजना गर्ने जनाएका छन् ।
अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा उद्घाटन र सम्बोधन गर्ने व्यवस्था मिलाइएको एमालेले छ । देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’ मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो । सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ । यस्तै आउँदो ९ गते सात सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन हुने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । दार्चुलाको महाकाली नगरपालिकामा ९ गते पालिका अधिवेसन उद्घाट हुने छ भने बाँकी स्थानीय तहले १९ गतेसम्म अधिवेसन गर्ने तयारी गरेका छन् ।
पालिका अधिवेशसन सम्पन्न गर्न दार्चुलाका सबै स्थानीय तहका लागि उत्प्रेरक तोकिएको छ । भने अधिवेसनको कार्यतालिका समेत तय गरिएको छ । जसअनुसार महाकाली नगरपालिकाकामा कार्तिक ९ गते नगर अधिवेसन सम्पन्न गर्नका लागि गणेशसिंह ठगुन्ना र चरन बुढाथोकीलाई उत्प्रेरक तोकिएको छ । १० गते दुहुँ गाउँपालिकामा गाउँपालिका अधिवेसन सम्पन्न गर्न उदय बडाल, ११ गते व्यासमा अधिवेशन गर्न नगेन्द्र तिकंरी, १३ गते नौगाडमा अधिवेसन सम्पन्न गर्न ज्ञानेन्द्र घर्ती, १४ गते मार्मा गाउँपालिकामा अधिवेसन गर्न लालबहादुर बिक, देबसिह महर, अकबर ठगुन्ना, प्रेमसिह धामी र धर्मानन्द मन्याललाई उत्प्रेरक तोकिएको छ । अपिहिमाल गाउँपालिकामा १५ गते अधिवेसन गर्ने गरी रामदत्त जोशी, १७ गते शैल्यशिखर नगरपालिकामा नगरअधिवेसन सम्पन्न गर्न मोहनसिह धामी, १८ गते लेकम गाउँपालिकामा अधिवेसन गर्न गेल्बु बोहरा र १९ गते मालिकार्जुनमा अधिवेसन सम्पन्न गर्न हरदेब जोशीलाई उत्प्रेरक तोकिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।
एमालेले जिल्ला कमिटीलाई जिल्ला अधिवेसन आयोजक कमिटीमा रुपान्तरण गरेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया