आज र भोली दार्चुलाका १३ हजार बालबालीकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईदै

दार्चुला । दार्चुलासहित देशभरका बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

दार्चुलाका १३ हजार ४८ जना बालबालीकाहरुलाई भिटामिन ‘ए’ र ११ हजार ५४३ बालबालीकाहरुलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । अभियानका लागी जिल्लाभरि ३६० जना महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिएका छन् । आज र भोली छुटेका बालबालिकाहरुलाई महिला स्वास्थ्य स्वयसेविकाहरुले घरमै गएर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने पनि जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । कोभिड १९ को जोखिम कायमै रहेकोले संक्रमणबाट बच्नका लागी आबश्यक स्वास्थ्य मापदण्डहरुको पालना गर्दै भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन अनुरोध गरिएको छ ।

बाललबालीकाहरुलाई भिटामिन ‘ए’ खुवाएमा रतन्धो रोग, दादुरा, दीर्घ झाडापखाला, कडा कुपोषण र छालाको रोगबाट जोगाउन सकिन्छ । सरकारले प्रत्येक ६÷६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै आईरहेको छ । भिटामिन ए र जुकाको औषधि खान आज छुटेका बालबालिकालाई भोलि पनि खुवाउन सकिने छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै आएको छ । जुकाको औषधि भने २०५६ सालदेखि खुवाउन थालिएको हो । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?