दार्चुलामा कांग्रेसको वडा उपसभापति एमालेमा प्रवेस, सचिवको जिम्मेवारी

दार्चुला । दार्चुलामा नेपाली कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका शंकरसिंह डोबाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । डोबाललाई पार्टीमा स्वागत गर्दै एमालेको वडा सचिव चयन गरिएको नेकपा एमाले दार्चुलाका कार्यालय सचिव नारायण भट्टले जानकारी दिनुभयो ।

गत असोज ९ गते सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन हुनुभएको थियो । शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन हुनुभएको हो । पछिल्लो समय कांग्रेश लगायत विभिन्न पार्टी परित्याग गर्नेहरुको जिल्लाभरी लहर लागेको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

कांग्रेसले सम्पन्न गरेको वडा अधिवेशनमा डोबाल उपसभापतिमा चयन भएको तर उनी एमालेमा प्रवेश गरे नगरेकोबारे जानकारी नभएको कांग्रेस दार्चुलाले जनाएको छ । शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये धेरैजसो वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा केहि दिनभित्रै सम्पन्न गर्ने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख बडालले बताउनुभयो । नेकपा एमाले दार्चुलाले जिल्ला अधिवेसन र केन्द्रिय महाधिवेसनको पुर्वसन्ध्यामा जिल्लाभरीका वडा र पालिकाहरुको अधिवेसन सम्पन्न गर्दैछ । नौँ वटै स्थानीय तहका विभिन्न वडाहरुमा नेतृत्व चयन गर्दै शनिबार अधिवेसन सम्पन्न भएको एमाले दार्चुलाले जनाएको छ ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?