दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ९ मध्ये ६ वटा वडामा नेकपा एमालेले शनिबार वडा अधिवेसन सम्पन्न गरेको छ । ६ वटै वडामा नेतृत्व चयन गर्दै वडाअधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य गंगादत्त जोशीले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ मा अध्यक्ष पदम खडायत, सचिव अरुण खडायत, वडा नम्बर ३ मा अध्यक्ष केशब भट्ट, सचिव माधव खत्री, वडा नम्बर ४ मा अध्यक्ष अम्बादत्त भट्ट, सचिव प्रेमसिह ठगुन्ना, वडा नम्बर ६ मा अध्यक्ष सुरेन्द्र बिष्ट, सचिव रमेश धामीे, वडा नम्बर ७ मा अध्यक्ष नबराज भट्ट, सचिव नरेन्द्र बिष्ट र वडा नम्बर ९ मा अध्यक्ष केशव बिष्ट, सचिव रमेश साउँद चयन भएका छन् । वडा नम्बर १, ४ र ६ बाट १६ जनाले नेपाली कांग्रेश परित्याग गरि एमालेमा प्रवेश गरेको जोशीले बताउनुभयो ।
शैल्यशिखरको वडा नम्बर १ बाट ३ जना, वडा नम्बर ४ बाट ७ जना र वडा नम्बर ६ बाट ६ जनाले कांग्रेश परित्याग गरेर एमालेमा प्रवेश गरेको बताइएको छ । बाँकी रहेका वडा नम्बर २, ५ र ८ मा समेत केहि दिनभित्रै वडा अधिवेसन आयोजना गरिने एमाले शैल्यशिखर नगर कमिटीले जनाएको छ ।
नेकपा एमाले दार्चुलाले शनिबार दार्चुलाका स्थानीय तहहरूमा ६१ वटा वडाहरू मध्ये धेरैजसो वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनको तयारी गरिएका वडाहरूमा शनिबार गरिएको र बाँकीमा केहि दिनभित्रै सम्पन्न गर्ने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख बडालले बताउनुभयो । नौँ वटै स्थानीय तहका विभिन्न वडाहरुमा नेतृत्व चयन गर्दै शनिबार अधिवेसन सम्पन्न भएको एमाले दार्चुलाले जनाएको छ ।
अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख बडालले बताउनुभयो । वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया