दार्चुला । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ र ३ मा नेतृत्व चयन गर्दै नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । सोमबार वडा नम्बर ८ मा अधिवेसन आयोजना गरिएको एमाले जिल्ला कमिटी सदस्य हिरासिंह धामीले जानकारी दिनुभयो ।
मालिकार्जुनको वडा नम्बर १ मा रमेश बोहराको अध्यक्षतामा र वडा नम्बर ३ मा खडकसिह धामीको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी चयन गरिएको धामीले बताउनुभो । वडा नम्बर ३ बाट लामो समय नेपाली कांग्रेशमा सक्रिय सात जना कार्यकर्ताले कांग्रेश परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मदनसिह धामी, शोभानसिह धामी, गणेशसिह धामी, पानसिह धामी, बिश्रामसिह धामी, नन्देराम टमटा, दिपकसिह धामी रहेको नेकपा एमाले मालिकार्जुन गाउँकमिटीले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकाको वडा अधिवेशनहरुमा नेकपा एमाले प्रदेश कमिटी सदस्य हरदेब जोशीको प्रमुख आतिथ्यता रहेको छ । एमाले दार्चुलाका नेताहरु मोहनसिह धामी, पुष्पा अवस्थी, हरकसिह ठगुन्ना, उमेशसिह धामी, हिरासिह धामी, श्यामराज बिष्ट, मदनसिह धामी लगायतको आतिथ्यता रहेको एमाले दार्चुलाले जनाएको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया