दार्चुलामा ४० प्रतिषतले पूर्णमात्रा खोप पाए, भोलीदेखि पाँच दिनसम्म ३० हजारलाई खोप लगाइदै

दार्चुला । दार्चुलामा कोरोना भाइरस बिरुद्धको खोप लगाउने अभियान जारी छ । विहिबारदेखि जिल्लाका ९२ वटै खोपकेन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउन खोप केन्द्रहरुमा खोप पठाइएको छ । हालसम्म लक्षितबर्ग अर्थात १८ बर्ष माथिका ७४ प्रतिषतले पहिलो मात्रा र ४० प्रतिषतले पूर्ण मात्रा खोप पाइसकेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । १८ बर्षमाथिको लक्षित जनसंख्या ९५,८०० मध्ये ७१,०४९ जनाले पहिलो मात्रा र ३७,९९९ जनाले पूर्ण मात्रा खोप पाएका छन् । विहिबारदेखि १८ बर्षमाथिका करिब ३० हजार मानिसलाई खोप लगाउने लक्ष्यका साथ खोप अभियान थालिएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।

बिहीवार (भोली) देखि पाच दिन सम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई भोली देखि दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा भेरोसेल खोप पठाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार शैल्यशिखर नगरपालिकामा सबै भन्दा बढि ४८ सय ५० डोज खोप पठाइएको छ । सबै भन्दा कम व्यास गाउँपालिकामा १५ सय डोज खोप पठाइएको छ । महाकाली नगरपालिकामा ४८ सय डोज, मालिकार्जुनमा ४३ सय डोज, दुहुँ गाउँपालिकामा २३ सय ६० डोज, लेकम गाउँपालिकामा २२ सय ५० डोज, नौगाड गाउँपालिकामा ३३ सय डोज, अपिहिमाल गाउँपालिकामा १९ सय डोज र मार्मा गाउँपालिकामा ३८ सय डोज खोप पठाइएको छ ।

दार्चुलामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ । खोप लगाउन छुट भएका नागरिकलाई समेत नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन स्वास्थ्य कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?