२७ बर्षदेखि बन्द गोकुलेश्वर विमानस्थल निर्माणको काम शुरु

दार्चुला । विगत २७ वर्षदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थल निर्माणको काम सुचारु भएको छ । के.एस. कन्सट्रक्सन
प्रा.ली. धनगढीले विमानस्थल निर्माणको काम शुरु गरेको शैल्यशिखरका स्थानीय एबं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गंगादत्त जोशीले जानकारी दिनुभयो । अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ र ग्याबीन) को काम गर्ने गरी के.एस. कन्सट्रक्सनसंग सम्झौता भएको छ । एक बर्षमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी ३ करोड ५८ लाख बजेटमा सम्झौता भएको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।

अहिले विमानस्थलमा उम्रिएको घास उखेल्ने कामका लागि स्काइभेटर मेसिन प्रयोग गरेका छौँ, ऐरले भन्नुभयो, तिहारलगत्तै फिलिङ र ग्याबीनको काम थाल्ने तयारी छ । विमानस्थल संचालनका लागि दार्चुलाबाट निर्वाचित सासंद एबं पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको पहलमा अर्थ मन्त्रालयबाट गत आर्थिक बर्षमा बजेटको सुनिश्चितता भएर ठेक्का प्रकृया अगाडी बढेको थियो । अर्थ मन्त्रालयको मिति २०७७ साल माघ २१ गतेको निर्णय अनुसार विमानस्थलको निमार्ण कार्य अगाडी बढाउने उद्धेश्यले बजेटको सुनिश्चितता भएको सहमति पत्र राष्टिय योजना आयोगलाई पठाइएको थियो । गत वर्ष डिपीआर तयार गरी स्वीकृत भइ सकेको उक्त विमानस्थल सञ्चालनका लागि वहुवर्षे ठेक्कामार्फत काम शुरु भएको हो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकहरुले समेत सेवा पाउने छन् । विमानस्थलले जिल्लाको समृद्धिमा महत्तपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । विमानस्थल निर्माणको काम शुरु भएपछि निकै खुसी लागेको शैल्यशिखरका स्थानीय बिष्णुदत्त जोशीले बताउनुभयो । दार्चुलाको दिर्घकालिन विकासको लागि गोकुलेश्वर विमानस्थल सञ्चालन गर्नु अपरिहार्य रहेको छ । चालु आर्थिक बर्ष २०७८/७९ को बजेटमा समेत गोकुलेश्वर विमानस्थलसहित देशका विभिन्न विमानस्थल सञ्चालन तथा पुननिर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

विमानस्थल लामो समयदेखि बन्द हुँदा गौरचणमा परिणत भएको छ । समयमै अस्पताल पुग्न नपाएर बिरामीहरुले अकालमै ज्यान गुमाइरहेका छन् । कार्यालय प्रमुख र अधिकारीहरु तथा पर्यटकहरु समेत यातायातको सहज व्यवस्था नहुदा दार्चुला कमै मात्र पुग्ने गरेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा गोकुलेश्वरसंगै बन्द भएका विमानस्थल सञ्चालनमा आइसकेको भएपनि गोकुलेश्वर विमानस्थल निर्माणमा ढिलाइ भइरहेको छ । ढिलैभएपनि विमानस्थल निर्माणको काम थालेकोमा निकै खुसी लागेको स्थानीयको प्रतिक्रिया छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?