दार्चुलाको नौगाडमा पशुहरुमा खोरेत रोगको लक्षण, सुरक्षाका उपाय अपनाउन अनुरोध

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाका पशुहरुमा खोरेत रोगको लक्षण देखिएको छ । गाउँपालिकाको केही स्थानमा गाई र भैंसीमा खोरेत रोगको जस्तै लक्षण देखिएको नौगाडबाट रेडियो लोकदर्पणका कृषि समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

खोरेत रोगबाट आफ्ना गाई र भैंसीलाई बचाउन आवश्यक सचेतना अपनाउन पशुपालक किसानहरुलाई नौगाड गाउँपालिकाले विहिबार सूचनामार्फत अनुरोध गरेको छ । अहिले नौगाडका सम्पुर्ण वडाहरुमा खोरेत रोगको लक्षण देखिएकोले सचेतना अपनाउन अनुरोध गरिएको कृषि तथा पशुपन्छी विकास शाखा अधिकृत महेन्द्र सिह धामीले जानकारी दिनुभयो । रोगको लक्षण देखिए पनि खोपले राम्रोसँग काम नगर्ने हुँदा विभिन्न सावधानी अपनाउन किसानहरुलाई अनुरोध गरिएको हो । आजबाट गाउँपालिकाका सम्पुर्ण वडाहरुमा भ्याक्सिन (खोप) लगाउने काम सुरु गरिएको उहाँले बताउनुभयो ।

खोरेत रोगका लक्षणहरुमा गाई भैंसीमा ज्वरो आउने, खुरको बीच, मुख तथा गिजामा घाउ आउने, खुट्टा खोच्याउने, ¥याल चुहाउने, दूध घटाउने, तुहिने र प्रायः बाच्छाबाच्छी पाडापाडी मर्ने हुन्छ । रोगबाट पशुहरुलाई मुक्त गराउन विभिन्न सावधानीका उपायहरु अपनाउन किसानहरुलाई गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । संक्रमित पशुलाई खुला चरन र पानीका स्रोतमा नलैजान गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित क्षेत्रबाट अनावश्यक पशु ओहोरदोहोर नगर्न र फर्ममा अनावश्यक मानिसहरुको आवतजावत नगर्न आग्रह गरिएको छ ।

संक्रमित पशुको दूध पाडापाडी तथा बाच्छाबाच्छीलाई नचुसाउन, संक्रमित दूध राम्रोसँग उमालेरमात्र प्रयोग गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ । संक्रमित क्षेत्रबाट पशु खरिद नगर्न अनुरोध गर्दै प्रकोप देखापरेको ६ महिनापछि मात्र खरिद गर्न भनिएको छ । जिल्लाको सबै ठाउँमा देखिँदै आएको र घरपालुवा पशुमा मुख्य रोगका रुपमा मानिएको खोरेत नियन्त्रणका लागि भ्याक्सिनको व्यापकतासँगै जनचेनता जरुरी देखिन्छ । मुख्यतः यो रोगका लागि भ्याक्सिनको ठूलो महत्व भएकाले सरकारले अहिले खरिद गर्दै आएको संख्यामा वृद्धि गर्नुपर्ने पशु स्वास्थ्य प्राविधिकको जोड छ ।

औषधी नबनेको र भ्याक्सिन पनि पूर्ण प्रभावकारी नहुँदा खोरेत नियन्त्रणमा चुनौती देखिएको कृषि प्राविधिकहरुले बताएका छन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?