दार्चुला । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको व्यास गाउँपालिकामा पालिका अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । केहि समय पहिले नेपाली कांग्रेश परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएका व्यास गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष एबं नेता मंगलसिंह धामीको अध्यक्षतामा गाउँ कमिटी चयन गर्दै व्यास गाउँपालिकाको अधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य उपेन्द्र धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँ कमिटी उपाध्यक्षमा निर्मला धामी, सचिव नारददत्त भट्ट, उपसचिव राजेन्द्रसिंह कुवर र हरिमाया धामी चयन भएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य गेल्बु बोहरा, एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको छ । अहिलेसम्म जिल्लाभरीका अधिकासं वडा र महाकाली, दुहुँ र व्यासमा पालिका अधिवेसन सम्पन्न भइसकेको छ । पालिका अधिवेशसन सम्पन्न गर्न सबै स्थानीय तहका लागि उत्प्रेरक तोकिएको छ । भने अधिवेसनको कार्यतालिका समेत तय गरिएको छ । जसअनुसार महाकाली नगरपालिकाकामा कार्तिक ९ गते नगर अधिवेसन सम्पन्न गर्नका लागि गणेशसिंह ठगुन्ना र चरन बुढाथोकीलाई उत्प्रेरक तोकिएको थियो ।
१० गते दुहुँ गाउँपालिकामा गाउँपालिका अधिवेसन सम्पन्न गर्न उदय बडाल, ११ गते व्यासमा अधिवेशन गर्न नगेन्द्र तिकंरी, १३ गते नौगाडमा अधिवेसन सम्पन्न गर्न ज्ञानेन्द्र घर्ती, १४ गते मार्मा गाउँपालिकामा अधिवेसन गर्न लालबहादुर बिक, देबसिह महर, अकबर ठगुन्ना, प्रेमसिह धामी र धर्मानन्द मन्याललाई उत्प्रेरक तोकिएको छ । अपिहिमाल गाउँपालिकामा १५ गते अधिवेसन गर्ने गरी रामदत्त जोशी, १७ गते शैल्यशिखर नगरपालिकामा नगरअधिवेसन सम्पन्न गर्न मोहनसिह धामी, १८ गते लेकम गाउँपालिकामा अधिवेसन गर्न गेल्बु बोहरा र १९ गते मालिकार्जुनमा अधिवेसन सम्पन्न गर्न हरदेब जोशीलाई उत्प्रेरक तोकिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया