दार्चुला । नेकपा एमाले मार्मा गाउँपालिकाको वडा नम्बर ६ को अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट प्रेमसिह कोट्टारी अध्यक्ष रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ। उपाध्यक्षमा भुण्टी देवी डडाल, सचिवमा महेश महर र उपसचिवमा बिसन कोट्टारी र कासी सिह धामी चयन गरिएको नेकपा एमाले मार्मा गाउँकमिटी संयोजक खेमराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशननबाट विभिन्न निणय गरिएको छ। मार्मा गाउँपालिका वडा नम्बर ६ निम्ठा निवासी नेकपा एमालेका कृयाशील सदस्य जोगी कोट्टारीरिको यही कार्तिक १ गतेका दिन उपचारका क्रममा निधन भएकाले वडा अधिवेशनको भेलाबाट शोक कार्यक्रम मनाएको छ। त्यस्तै वडाका प्रत्येक टोलमा कमिटी गठन गर्नका लागि वडा कमिटीलाई जिम्मा दिने निर्णय गरिएको छ। यही मंसिर १४ गते हुने मार्मा गाउँपालिका कमिटी अधिवेशनका लागि आ आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्ने निर्णय गरिएको शेरिबाट लोकदर्पण संवाददाता दिपेन्द्र डडालले जानकारी दिनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया