डिलाशैनीको विकासका लागि प्रधानमन्त्रीसंग १३ माग

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न १३ वटा मागहरु पेश गरिएको छ । डिलाशैनीका १३ वटा मागहरु सम्बोधन गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरिएको नेपाली कांग्रेश डिलाशैनी गाउँकार्यसमिति सभापती जयानन्द जोशीले जानकारी दिनुभयो ।

गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई त्रि.बि. को आगिंक क्याम्पस बनाउन र सेटिगाउँ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस बनाउन माग गरिएको छ । यस्तै डिलाशैनीभरी विद्युतिकरण र सञ्चार सेवा विस्तार, वडा नम्बर २ वा ३ मा स्नातक तहको प्राविधिक कलेज स्थापना, विभिन्न सडकखण्डहरुको स्तरोन्नती, तटबन्ध निर्माण, सिचाई नहर, पहिरो नियन्त्रण, खानेपानी आयोजना सञ्चालन लगायतका विभिन्न मागहरु पेश गरिएको जोशीले बताउनुभयो ।

हेर्नुहोस प्रधानमन्त्री देउवालाई बुझाइएको मागपत्र

No description available.

No description available.

सम्बन्धित समाचार: गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक बनाउन माग

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?