दार्चुला-तिङ्कर सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेर फर्कियो संसदीय समिति

दार्चुला । संघीय संसदको विकास तथा प्रविधि समितिको एक टोलीले महाकाली करिडोर अन्तर्गतको दार्चुला–तिङ्कर सडकको निरीक्षण गरेको छ । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत समिति सभापति कल्याणी खड्का नेतृत्वको १५ सदस्यीय टोली दार्चुला आएर सो सडक निरीक्षण गरि बझाङ हुँदै सुर्खेत फर्किएको हो ।

टोलीले हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगादेखि व्यास गाउँपालिका–१ छाङरु र छाङरुबाट सुन्सेरा हुँदै खलङ्गासम्म सडक क्षेत्रको हवाई निरीक्षण गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो । सडक निरीक्षणपश्चात सदरमुकाम खलङ्गामा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुसँग भेटी टोली शुक्रबार नै बझाङको चैनपुर, खप्तड हुँदै साँझ सुर्खेत फर्किने कार्यक्रम छ । विकास तथा प्रविधि समितिको टोलीले दार्चुला–तिङ्कर सडकको अनुगमन र व्यास गाउँपालिका–१ छाङरुका स्थानीयसँग विविध विषयमा छलफल गरेको हो ।

छाङरुबाट फर्किदा व्यास गाउँपालिकाको सुन्सेरास्थित नेपाली सेनाको ब्यारेकबाट सडक निरीक्षण गरेको नेपाली कांग्रेश दार्चुलाका सचिव तथा व्यास गाउँपालिकाका स्थानीय हरक बिष्टले बताउनुभयो । एक सय ३४ किलोमिटर लामो दार्चुला–तिङ्कर सडकको ८७ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोलिरहेको छ । सरकारले गतवर्ष सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेअनुसार सडकमा चालु आर्थिक बर्षबाट सेनाले काम थालेको छ । हालसम्म खलङ्गादेखि सुन्सेरासम्मको ४३ किलोमिटर सडकमा सडक आयोजनाले ट्रयाक खुलाएको छ ।

बर्षाकाकारण बाढीपहिरो आएर ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दुहुँ र व्यासबासी अहिले पैदलयात्रा गर्न बाध्य छन् । सडक पुगेको ठाउँमा समेत यातायातका साधनहरु चलाउन सकिने अवस्था नभएकाले यात्रा गर्न, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नुपरेको यातायात व्यवसायी चक्रबहादुर बमले बताउनुभयो । खलङ्गादेखि लास्कुखोला, कलौन भीर, श्रीबगड लगायत ठाउँमा सडक अवरुद्ध बनेको छ । भदौँ महिनाको बाढीपहिरोले श्रीबगडमा निर्माण गरिएको मोटर पुल बगाएपछि स्थानीयहरुले काठेपुल लगाएर आवतजावत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?