सरकारले फेरि बढायो इन्धनको भाउ

दार्चुला । सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १ सय १६ रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्याँसमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले बढाएर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा दुई अर्ब २२ करोड रुपैयाँ घाटा भएको पनि निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?