शैल्यशिखरका सबै वडामा एमालेको अधिवेसन सम्पन्न

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका ९ वटै वडामा नेकपा एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । गत शनिबार छ वटा वडामा अधिवेसन सम्पन्न गरेको एमालेले तीन वटा वडामा शनिबार (आज) नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न गरेको नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य गंगादत्त जोशीले जानकारी दिनुभयो ।

शैल्यशिखरको वडा नम्बर ५ मा अध्यक्ष कल्यान डागा र सचिव नरबहादुर डागा, वडा नम्बर २ मा अध्यक्ष अम्बादत्त भट्ट र सचिव रुपेश पाल, वडा नम्बर ८ मा अध्यक्ष पुष्पराज जोशी र सचिव दुर्गादत्त जोशी रहनेगरी ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । यस्तै गत शनिबार वडा नम्बर १ मा अध्यक्ष पदम खडायत, सचिव अरुण खडायत, वडा नम्बर ३ मा अध्यक्ष केशब भट्ट, सचिव माधव खत्री, वडा नम्बर ४ मा अध्यक्ष अम्बादत्त भट्ट, सचिव प्रेमसिह ठगुन्ना, वडा नम्बर ६ मा अध्यक्ष सुरेन्द्र बिष्ट, सचिव रमेश धामीे, वडा नम्बर ७ मा अध्यक्ष नबराज भट्ट, सचिव नरेन्द्र बिष्ट र वडा नम्बर ९ मा अध्यक्ष केशव बिष्ट, सचिव रमेश साउँद चयन भएका थिए ।

अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहेका छन । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।

वडा र पालिका अधिवेसन सम्पन्न गर्नका लागि एमालेले सबै स्थानीय तहमा नेताहरु परिचालन गरेको छ । शनिबारसम्म महाकाली, दुहुँ, व्यास र नौगाडमा अधिवेसन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?