दार्चुला । नेपालीहरुको महान पर्व शुभ दिपावलिको पूर्व सन्ध्यामा नेपाली कांगेश व्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटको वडा कार्यसमितिको आयोजनामा धौलाकोटको स्याकुमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सप्पन्न भएको छ । वडा सभापति नरसिह धामिको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेशका जिल्ला कार्यसमिति सदस्य एवं व्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका उपाध्यक्ष हेमा भट्ट र पालिका सभापति नरेन्द्र दत्त भट्ट बिशिस्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा २०४९ सालमा एमालेबाट साविकको धौलाकोट गाविसको अध्यक्षमा निर्वाचित भएका एमाले नेता गोपाल सिह धामी लगायत दानसिह धामी, झुन सिह धामीले एमाले परित्याग गरि र माओबादी केन्द्र परित्याग गरि शेरसिह धामीले कांग्रेश प्रवेश गरेको नेबी संघ दार्चुलाका प्रवक्ता दिपक खातीले जानकारी दिनुभयो । उनिहरुलाई खादा टीका माला लगाएर पार्टीमा स्वागत गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा कांग्रेशका अन्य वडाका नेता कार्यकर्ताको पनि उपस्थित रहेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया