जाडोसँगै मौसमी फ्लुको जोखिम, सतर्क रहन सुझाब

दार्चुला । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ ।

“यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भन्नुभयो, “हिउँदयाम लागेसँगै मौसमीखालका बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामीमा रुघाखोकी, ज्वरोसँगै डेङ्गुका बिरामीसमेत आएका छन् । उहाँले वर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फूल पार्ने भएका कारण अहिले डेङ्गुको जोखिम रहेको बताउनुभयो । गत महिना विद्यार्थीमा धेरै फ्लुका बिरामी बढेको र यो सङ्ख्या अझ बढ्ने अनुमान डा. पुनको छ ।

यो समूहका बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा अन्य उमेर समूहका बिरामीलाई जस्तो घरैमा राख्न नहुने डा. पुनको सुझाव छ । उहाँले मौसमी ‘फ्लु’को सङ्क्रमण भएका व्यक्ति छुट्टै कोठामा बस्ने, हाँच्छ्यिूँ गर्दा, खोक्दा रुमालले मुख छोप्ने, अरू व्यक्तिमा सर्ने भएकाले समूहमा नजाने, सङ्क्रमितले प्रयोग गरेको रुमाल अरूले प्रयोग नगर्नेजस्ता सावधानी अपनाउनुपर्ने जानकारी दिनुभयो । त्यस्तै, सङ्क्रमित व्यक्ति भीडमा नजाने, जानैपरेमा मास्क प्रयोग गर्ने, सार्वजनिक यातायात तथा शौचालयको ढोका, चुकुल छोएपछि हात राम्रोसँग धुने, हात धुनुअघि आँखा, नाक र मुखमा हातले नछुन चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?