सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दार्चुला । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप महानगरपालिका ७ का ८८ वर्षीय पुरुषको उपचारको क्रममा सेती अस्पतालमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि कोरोना परिक्षण नगरिएको अस्पतालले जनाएको छ। हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ।

जसमध्ये ५ जना विरामी आइसियु र १ जना विरामीको भेन्टिलेटरमा उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?