दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ मा आइतबार एमालेको वडा अधिवेसन सम्पन्न भएको छ । बिरबहादुर पालको अध्यक्षतामा वडा कमिटी गठन गर्दै डाडाकोटको अधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरासिंह धामीले जानकारी दिनुभयो । उपाध्यक्ष धाना लुहार, सचिव प्रेमसिह खत्री, उपसचिव दिनेश कुमार पार्की र तारा लुहार चयन भएको उहाँले बताउनुभयो ।
यसअघि मालिकार्जुनको वडा नम्बर १ मा रमेशसिंह बोहरा, वडा नम्बर २ मा जितसिह धामी, वडा नम्बर ३ मा खडकसिह धामी, वडा नम्बर ४ मा मोहनसिह धामी, वडा नम्बर ६ मा गणेशराम ओड, वडा नम्बर ७ मा बहादुर सिह खत्री र वडा नम्बर ८ मा मोहनसिह धामी वडाअध्यक्ष रहने गरी ३१ सदस्यिय वडा कमिटी चयन गरिएको छ । कार्तिक १९ गते मालिकार्जुन गाउँपालिकाको पालिका अधिवेसन आयोजना गरिने नेकपा एमालेले जनाएको छ ।
मालिकार्जुनका आठ वटै वडाहरुमा वडा अधिवेसन गर्ने क्रममा १०७ जनाले विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले पार्टी प्रवेश गरेको जिल्ला कमिटी सदस्य धामीले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया