एमालेको मार्मा गाउँपालिकामा धिरेन्द्रसिह बिष्टको अध्यक्षतामा ७५ सदस्यिय कमिटी चयन

दार्चुला । आइतबार मार्मा गाउँपालिकामा नेकपा एमालेको अधिवेसन सम्पन्न भएको छ । धिरेन्द्रसिह बिष्टको अध्यक्षतामा ७५ सदस्यिय गाउँपालिका कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो ।

नेकपा एमाले मार्मा गाउँपालिका अधिवेसन आयोजक कमिटी संयोजक खेमराज जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । दुई महिना पहिले अधिवेसन आयोजक कमिटीको नेतृत्व गरेपछि मार्माका ६ वटै वडाका अधिवेसन, सदस्यता नविकरण लगायतका पार्टी गतिविधि गरेको कार्यक्रमका अध्यक्ष खेमराज जोशीले जानकारी दिनुभयो ।

पालिका अधिवेसन कार्यक्रममा नेकपा माओबादी केन्द्रबाट १७ जना कार्यकर्ताले नेकपा एमाले पार्टीमा प्रवेश गरेको उहाँले बताउनुभयो ।

मार्माको वडा नम्बर १ मा रिउले ठगुन्ना, वडा नम्बर २ दिपकबहादुर सिंह, वडा नम्बर ३ मा दिपकराज जोशी, वडा नम्बर ४ मा करनसिंह महर, वडा नम्बर ५ मा हरक महता र वडा नम्बर ६ मा प्रेमसिंह कोट्टरीको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?