सडक अवरुद्व हुँदा बिरामीलाई समस्या, महङ्गी बढ्यो

दार्चुला । गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ। अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन्। बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का विरा रोकायाले बताउनुभयो । बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौँ बोक्नुपर्ने अवस्था छ। ठेकेदारले सडक पुनःनिर्माणमा चासो नदिँदा समस्या भोग्नुपरेको छ। “नजिक अस्पताल छैन्, जटिलखालका बिरामीलाई अन्यत्र लैजान समस्या छ, बाटोमै ज्यान जाने खतरा हुने गरेको उहाँले बताउनुभयो ।

खण्डेश्वरीका धीरज बोहरा लामो समयदेखि सडक पुनःनिर्माण नगर्दा बिरामीले समयमै उपचार पाउन नसकेको बताउछन्। सडक खुलाउन ढिलाइ गर्दा यहाँका बासिन्दालाई सास्ती भएको छ। उक्त क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन्। सरकारले घोषणा गरेको दश श्ययाको अस्पताल निर्माण हुनसकेको छैन्। अहिले स्वास्थ्यचौकीका भरममा उपचार गर्नुपरिरहेको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताउनुभयो । सडक पुनःनिर्माण नहुँदा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्ससमेत प्रयोगविहीन बनेको छ। सो एम्बुलेन्स मकरीगाडमै थन्किएको छ।

अपिहिमाल गाउँपालिकामा दैनिक उपभोग्यवस्तु देखि हरेक समानमा महँङ्गी बढेको छ । चार महिनादेखि अहिले अपिहिमालको ओखलसम्म मात्रै गाडी चल्दा समानको मूल्य बढेको भएको हो । सर्वसाधारणले अहिले महङ्गो मूल्यमा खाद्यान्न खानुपरेको छ । सडक अवरुद्व भएकै कारण दशैको लागि खाद्य संस्थानको चामल पनि ढुवानी हुन सकेन् । तिहारमा पनि चामल ढुवानी गर्न सकिने अवस्था देखिदैन् ।

नेपाल खाद्य संस्थान अपिहिमाल गाउँपालिका खण्डेश्वरीका कर्मचारी नरभानसिह ठेकरे सडककै कारण दशैतिहारमा सर्वसाधरणले खाद्य संस्थानको सस्तो चामल खान पाएका छैनन् । अहिले गाउँमै मोटो चामल ५५ रुपैयाँ प्रतिकिलो हाल्दा पनि पाउन सकिने अवस्था नरहेको स्थानीय बताउछन् । -रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?