सासंद ठगुन्नाद्धारा अपि डाइवर्सिटी पार्क भवन उद्धाटन (फोटोफिचर)

दार्चुला । अपि डाइवर्सिटी पार्क भवनको पूर्व मन्त्री तथा सासंद गणेशसिंह ठगुन्नाले उद्धाटन गर्नुभएको छ । संघीय सरकार र स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको भवनको मंगलबार एक कार्यक्रमका बिच सासंद ठगुन्नाले उद्धाटन गर्नुभएको हो ।

संघीय सरकार र अपिहिमाल गाउँपालिकाको संयुक्त करिब दुई करोड लगानीमा दुई वटा ब्लक निर्माण गरिएको छ । एउटा ब्लकमा सभाहलसहित ५ कोठा र अर्को ब्लकमा आठ वटा कोठा रहेको अपिहिमालका इन्जिनियर मानबहादुर धामीले जानकारी दिनुभयो । मकरीकोटदेखि एक घण्टाको पैदल दुरीमा रहेको उक्त भवनको एउटा ब्लकमा कर्मचारी बस्न शुरु गरेका छन् । भवन २०७६ सालदेखि शुरु भएर गत आर्थिक बर्षमा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।

मंगलबार अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा सासंद एबं नेकपा एमालेका सुदूरपश्चिम सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको बिशिष्ट आतिथ्यता रहेको थियो । एमाले नेता लालबहादुर बिश्वकर्मा लगायतको आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । अपि डाइवर्सिटी पार्क भवनको उद्धाटनपछि सासंद ठगुन्ना लगायत नेताहरु नेकपा एमालेको अपिहिमाल गाउँपालिकाको अधिवेसनमा सहभागि भएका छन् ।

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

 

सायद 1 व्यक्ति, बसिरहेका तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू तथा  उभिएका मानिसहरू को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?