दार्चुला । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताउनुभएको हो ।
न्यायपालिकामाथि जनताको आस्थामा कमी आउन हुँदैन भन्ने पक्षमा आफूहरु रहेको भन्दै मन्त्री बडूले जनताको न्याय पाउने अधिकारलाई न्यायालयले सम्मान गर्नुपर्ने बताउनुभयो । पछिल्लो केही दिनयता सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसन, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश लगायत कानुन क्षेत्रका विभिन्न व्यक्ति र संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन दबाब दिएका छन् ।
प्रधानन्यायाधीशले मन्त्रिपरिषद र संवैधानिक आयोगहरुमा भागवण्डा लिएको, न्यायपालिकामा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै उहाँको राजीनामा माग गरिएको छ । तर न्यायपालिकामा देखिएको समस्याबारे राजनीतिक दल र सरकारले मुख खोलेका छैनन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया