एमालेको अपिहिमाल गाउँपालिका अध्यक्षमा पोखरसिह रोकाय चयन

दार्चुला । नेकपा एमालेको अपिहिमाल गाउँपालिकामा अधिवेसन सम्पन्न भएको छ । अधिवेसनबाट पोखरसिह रोकायको अध्यक्षतामा भरतसिह धामी उपाध्यक्ष, चन्द्रसिह धामी सचिव, बिन्दा कार्की र डम्बरसिह बोहरा उपसचिव रहनेगरी गाउँपालिका कमिटी चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य जनक ठेकरेले जानकारी दिनुभयो ।

अधिवेसनको क्रममा नेपाली कांग्रेश, नेकपा माओबादी लगायत विभिन्न पार्टी परित्याग गरी ९७ जना कार्यकर्ताले नेकपा एमालेमा प्रवेश गरेको ठेकरेले बताउनुभयो । सासंद एबं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेसनमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटी सचिवालय सदस्य धर्मानन्द मन्याल, लालबहादुर बिश्वकर्मा लगायतको आथित्यता रहेको थियो ।

यसअधि दार्चुलाका ६१ मध्ये ६० वडा र नौँ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा नेतृत्व चयन गर्दै अधिवेसन सम्पन्न भएको छ । व्यास गाउँपालिका वडा नम्बर १ को अधिवेसन स्थानीयहरुको खलंगा र व्यासमा दोहोरो बसाइका कारण हुन नसकेको एमालेले जनाएको छ ।

महाकाली, दुहुँ, व्यास, नौगाड र मार्मा गाउँपालिकाको अधिवेसन सम्पन्न भइसकेको छ । शैल्यशिखर नगरपालिकामा कात्तिक १७ गते, लेकम गाउँपालिकामा १८ गते र मालिकार्जुन गाउँपालिकामा १९ गते अधिवेसन गर्ने कार्यतालिका रहेको एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?