दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा भिरबाट लडेर एक महिला घाइते हुनुभएको छ । प्रहरीका अनुसार व्यास गाउँपालिका वडा नम्बर ६ की नन्दा बोहरा बसबाट झरेर पिसाब फेर्न जादा भिरबाट लडेर घाइते हुनुभएको हो ।
घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिदैछ । घटनाबारे बिस्तृत जानकारी प्राप्त हुने क्रममा रहेको र इप्रका गोकुलेश्वर र प्रहरी चौकी मालिकार्जुनबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ज ३८३३ नम्बरको बसमा यात्रा गर्दै गरेका ति महिलाको साथमा परिवारका अरु सदस्यहरु समेत रहेको बुझिएको छ । घाइते महिलाको टाउकोमा चोट लागेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया