दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानी बगौरामा भिरबाट लडेर घाइते हुनुभएकी व्यास गाउँपालिका वडा नम्बर ६ घर भएकी नन्दा बोहराको उपचारको क्रममा ज्यान गएको छ । बसबाट झरेर पिसाब फेर्न जादा भिरबाट १३० मिटर तल खसेर बोहरा गम्भीर घाइते हुनुभएको थियो ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ज ३८३३ नम्बरको बसमा यात्रा गर्दै गरेका ति महिलाको गोकुलेश्वरमा उपचार सम्भव नभएपछि सोहि बसमा धनगढी पठाइएको थियो । बोहराको धनगढीस्थित निर्सग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पिसाब फेर्नका लागि बाटोमा सार्वजनिक सौचालय नभएका कारण एकान्तमा जान खोज्दा अध्यारोमा झुक्कीएर भिरबाट लडेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया