दार्चुलाका छ पालिकामा एमालेको अधिवेनशन सम्पन्न, शैल्यशिखरमा जारी (फोटोफिचर)

दार्चुला । नेकपा एमाले शैल्यशिखर नगरपालिकाको अधिवेसन उद्धाटन भएको छ । एमाले नगर कमिटी अध्यक्ष रणबहादुर खत्रीको अध्यक्षता एबं  नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेसन उद्धाटन भएको हो । आजै नगर कमिटी चयन गरेर अधिवेसन सम्पन्न हुने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बिजयसिह धामीले जानकारी दिनुभयो ।

नेकपा नेकपा एमालेले दार्चुलाका नौँ मध्ये छ वटा स्थानीय तहमा पालिका अधिवेसन सम्पन्न गरेको छ । ६१ वडा रहेको जिल्लामा व्यास गाउँपालिका वडा नम्बर १ बाहेक ६० वडामा वडा अधिवेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शैल्यशिखर, लेकम र मालिकार्जुन गाउँपालिकावाहेक छ वटा स्थानीय तहमा पालिकास्तरीय अधिवेसन सम्पन्न भइसकेको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । शैल्यशिखरमा अधिवेसन शुरु भइसकेको र आजै सम्पन्न हुने उहाँले बताउनुभयो ।

जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा नरसिंह चैसीर नगर कमिटी अध्यक्ष चयन हुनुभएको छ । मार्मा गाउँपालिकामा धिरेन्द्रसिह बिष्ट, नौगाड गाउँपालिकामा जनकसिंह ठगुन्ना, व्यास गाउँपालिकामा मंगलसिंह धामी, दुहुँ गाउँपालिकामा जंगबहादुर बम, अपिहिमाल गाउँपालिकामा पोखरसिह रोकाय गाउँपालिका कमिटी अध्यक्ष चयन हुनुभएको छ । बुधबार शैल्यशिखर नगरपालिकामा नेतृत्व चयन हुदैछ ।

लेकम गाउँपालिकामा कात्तिक १८ गते र मालिकार्जुन गाउँपालिकामा कात्तिक १९ गते पालिका अधिवेसनको आयोजना गरिएको नेकपा एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

दार्चुलाका सबै पालिकामा सासंद, नेकपा एमालेका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा अधिवेसन आयोजना गरिएको छ । एमाले दार्चुलाले जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय गरेको छ । सबै पालिकाको अधिवेसन सम्पन्न गरेर कात्तिक २२ गते खलंगामा अधिवेसन आयोजक कमिटीको बैठक आयोजना गरिने बडालले बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?