खर काट्न व्यस्त दार्चुलासहित सुदूरपहाडका महिला

दार्चुला । दार्चुलासंगै सुदूरपश्चिमका पहाडी जिल्लामा यतिबेला महिलाहरू खर (गाज्यो) काट्नमा व्यस्त छन । गाईबस्तुका लागि उनीहरू मेलामा खर काटिरहेका छन् । दसैंअघिबाटै खर काट्न थालेका महिलाहरूले अझै सकिसकेका छैनन । विशेषगरी खर काट्ने कार्य महिलाहरूले मात्र गर्ने चलन भएकाले उनीहरूको व्यस्तता बढेको छ ।

बिहानै खर काट्न मेलामा गएकाहरू साँझ रात परेपछि मात्र घर फिर्ने गरेका छन । बल्ल गाज्वो काट्न सुरु गरेको केही महिलाहरुले बताएका छन् । खर अहिले काटेर राखेपछि हिउँदमा गाईबस्तुलाई खुवाउन सजिलो हुन्छ ।’ गाई, भैंसी, गोरु पाल्नेहरू सबैले खर काट्ने गरेका छन् । आफ्नो मेलामा पालेर राखेको खर यतिबेला काट्ने समय भएको लेकमका स्थानीय जानकी जोशीले जानकारी दिनुभयो । महिलाहरुलाई खर काट्ने सिजनमा खाना खाने फुर्सद समेत नपाइने गरेको उहाँले बताउनुभयो ।

अहिले खर काटेर राखेपछि चिसो मौसममा गाईबस्तुलाई खुवाउनका लागि सजिलो हुन्छ । विशेष गरी असोज र कात्तिकमा खर काट्ने काम सुरु हुन्छ । खर काट्नैका लागि ज्यानै जोखिममा राखेर महिलाहरू भीरपाखामा जानुपर्ने बाध्यता रहेको छ । काटिसकेको खरलाई घरमा बोक्ने काम पनि महिलाकै हुने गरेको छ । केही परिवारमा भने पुरुष सदस्यहरुले समेत खर काट्न सघाउने गरेका छन् ।

मेलाहरू प्रायः भीरमा हुने भएकाले खर काट्ने बेला अप्ठेराहरू झेल्नुपर्ने अवस्था रहेको छ । खरै काट्ने क्रममा महिलाहरूले ज्यानै गुमाएका पनि छन । धेरै महिलाहरु घाइते पनि भएका छन् । खर काट्ने सजिलो प्रविधि नभित्रिदा खर भित्रको कहरको सामना गर्नुपरेको महिलाहरु बताउछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?